गृहपृष्ठ खबर लायन्स क्लव अफ कपिलवस्तुद्धारा वाणगंगामा पहिलो पटक खुट्टाबाट संचालित हात धुने धारा जडान

लायन्स क्लव अफ कपिलवस्तुद्धारा वाणगंगामा पहिलो पटक खुट्टाबाट संचालित हात धुने धारा जडान

प्रकाशित मिति:

लायन्स क्लव अफ कपिलवस्तुद्धारा कपिलवस्तुको वाणगंगामा पहिलो पटक खुट्टाबाट संचालित हात धुने धारा जडान गरिएको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाईरसले विश्व नै आक्रान्त भईरहेको अवस्था छ । यो महामारीबाट बच्नका निम्ति विश्व स्वास्थ्य संगठनले नै सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताएको छ । साबुन पानीले हात मिचिमिचि धोएमा कोरोना भाईरस अर्थात कोभिड- १९ लाई नियन्त्रण गर्न सकिने डाक्टर तथा विज्ञहरुले बताउदै आएका छन् ।

बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुर मुख्य बजार मानिने र मानिसको आवतजावतको केन्द्र नै भएकाले सोही स्थानमा धारा जडान गरिएको लायन्स लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले बताए । वाणगंगावासी यो लकडाउनको समयमा पनि जोखिमका बाबजुद अत्यावश्यक सामाग्री लिनका लागी चार नम्वर जीतपुर बजार वरपर आउनुपर्ने भएकाले सम्पुर्णको स्वास्थ्यलाई मध्यनजर गरेर धाराकाे आवश्यकता महसुस गरेर धारा जडान गरिएको क्लवले बताएको छ ।

गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राज कुमार खांणले धाराको उद्घाटन गर्नुभएको थियो । धाराको सौजन्य गीष्मा सप्लार्यस बाणगंगा १ वैरियाले गरेको हो । स्थानीयद्धारा लायन्स क्लव अफ कपिलवस्तुका सदस्यले यस्तो महामारीको समयमा उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार