गृहपृष्ठ Featured कपिलवस्तुमा क्वारेन्टाइन ब्यवस्थित नहुदा कोरोना संक्रमण फैलीने त्रास बढ्याे

कपिलवस्तुमा क्वारेन्टाइन ब्यवस्थित नहुदा कोरोना संक्रमण फैलीने त्रास बढ्याे

कपिलवस्तु : भारतबाट आएका सर्वसाधारणलाई सीमा क्षेत्रका अव्यवस्थित क्वारेन्टाइनमा राखिदा कोरोना संक्रमण फैलने त्रास बढेको छ । यहाँ बनाइएका क्वारेन्टाइन अव्यवस्थित र मापदण्ड विपरितका छन् । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ अनुसार क्वारेन्टाइन कोठामा ७ फिटको फरकमा बेड तयार गरी २ जनासम्म राख्नुपर्ने व्यवस्था छ । तर, जिल्लाका अधिकांश क्वारेन्टाइनमा एउटै कोठामा १० जना बढी सर्वसाधारण राखिएका छन् ।

अझ पछिल्लो समयमा कोरोना संक्रमण फैलिएको भारतका विभिन्न सहरबाट आएका सर्वसाधारणलाई सीमा क्षेत्र नजिकैका विद्यालयमा एउटै कोठामा करीब १० जना बढीलाई राखिएको छ ।

महाराजगंज नगरपालिका ७ गगौडामा क्वारेन्टाइन बस्नुपर्ने सर्वसाधारण बगैचामा खटिया राखेर बसेका छन् । १० वटा खटियासँगै जोडिएको अवस्थामा राखेर उनीहरु बस्ने गरेको र आफूहरुले सामाजिक दूरी कायम राख्न निर्देशन गर्दा अटेर गर्ने गरेको महाराजगंज नगरपालिकाका एक स्वास्थ्यकर्मीले बताए ।

नगरपालिका क्षेत्रभित्र ४८ वटा क्वारेन्टाइनमा १ हजार ६ सय ३२ जना छन् । सबै क्वारेन्टाइनमा प्रहरी ड्युटी नहुँदा क्वारेन्टाइनमा मनोमानी ढंगले बस्ने, घर परिवारलाई क्वारेन्टाइनमै भेटघाट गर्ने, घरबाट खाना मगाएर सँगै बसेर खाने गरिएको छ ।

सम्बन्धित् समाचार