गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोनाको संक्रमणबाट साउदीमा ७ नेपालीको मृत्यु, १ हजार ३ सय बढी संक्रमित

कोरोनाको संक्रमणबाट साउदीमा ७ नेपालीको मृत्यु, १ हजार ३ सय बढी संक्रमित

प्रकाशित मिति:

कोरोना भाइरस (कोभिड १९) को असर केही दिन यता साउदी अरेवियामा झन् बढ्दो रूपमा देखिएको छ । बिहीबारसम्म १३६४ नेपाली संक्रमित भएका छन् भने ७ जना को मृत्यु भएको छ, साथै उल्लेखनीय मात्रमा निको भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण र साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गदै नेपाली दुतावासले साउदीमा रहेका बिभिन्न क्रियाशील संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

कार्यरत कामदारले आफ्नो मुलक फर्कन चाहेमा विशेष अनलाईन पोर्टल (अवदा ) मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । यस्तै मार्केट गर्न जाँदा सामाजिक दूरी कायम नगर्दा , भिडभाड गर्दा सरकारले जारी गरेका नियमहरूको उलंघन गर्दा आप्रबासी कामदारलार्इ जरिमाना, जेल सहित देश निकालासम्म गरिने भएको छ । हालसम्म साउदीमा कोरोना भाइरसको संक्रमणबाट ६५०७७ जना संक्रमित भएका छन् भने ३६०४० जना रिकभर हुनुको साथै ३५१ जनाको मृत्यु भएको छ।

सम्बन्धित् समाचार