गृहपृष्ठ Featured अपडेट: आज भेटिएका बाणगंगाका ३ जना संक्रमित समुदायमा घुलमिल छैनन, त्रसित नबनौ

अपडेट: आज भेटिएका बाणगंगाका ३ जना संक्रमित समुदायमा घुलमिल छैनन, त्रसित नबनौ

वैखरी अनलाईन कपिलवस्तु, जेठ ९

बाणगंगा नगरपालिकामा आज बिहान पुष्टी भएका संक्रमित मध्य तिन जनालाई नगरपालिकाले सिमानाका बाट उद्धार गरी सिधै क्वारेनटाईनमा राखिएको थियो ।

बाणगङ्गा नगरपालिकामा भारतबाट आएका वडा नं‍ ५ ,७ र १०का संक्रमितहरु तिनैजना पुरुष हुन । तिनै जनालाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका उनलाई सिमा नाकाबाटै उद्दार गरेर सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

 

उनिहरु समुदायमा घुलमिल नभएकोले वडा वासि सबैलाई त्रसित नहुन समेत नगरपालिकाले आग्रह गरेको छ । आफू सुरक्षित हुनको लागि सबैजना अनुशासित भएर घरमा सुरक्षित बस्नुहुन समेत नगरपालिकाले नगरबासिहरु सबैलाई अनुरोध गरेको छ।

बाणगंगा नगरपालिकामा शुक्रवार भेटिएका संक्रमित ५ मध्य ३ जना भारतबाट आएको खुलेको छ । अन्य एक जना स्थानिय बालिका र एकजना पत्रकार रहेका छन । बालिका र एकजना पत्रकार स्वाब संकलन पछि होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।

सम्बन्धित् समाचार