गृहपृष्ठ Featured थप २० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५०७ पुग्यो

प्रकाशित मिति:

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् स्वास्थ्य मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हु्न् ।

यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।डा देवकोटाका अनुसार आज २१ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनीहरु बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्तपालमा उपचाररत थिए।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

सम्बन्धित् समाचार