कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका किसानहरु लगानि डुबाउनु पर्ने अवस्थामा पुगेका छन् । लकडाउनका कारणले किसानले उत्पादन गरेको तरकारि कतै खेतमै कुहाँउनुपर्ने बाध्यता कतै भैसिलाई खुवाउनु पर्ने बाध्यता भएपछि किसानहरुको लगानि डुब्ने निश्चित जस्तै भएको छ ।
बाणगंगा नगरपालिकाले केहिदिन अगाडि किसानहरुको तरकारि कुहाउन नपर्ने भन्दै विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशित भए । यद्यपि नगरपालिकाले जे भनेता पनि यस्तो हुन सकेको छैन ।

बाणगंगा नगरपालिका वडा न. ७ को ग्रामिण कृषि तथा पशुपंक्षी विकास फर्मले करिब दुई कठ्ठामा लगाएको तरकारि कहिले कुहाउने,कहिले भैसिलाई खुवाउनु पर्ने जस्ता बाध्यताले गर्दा सबै लगानि डुबेको र्फामका संचालक शालिक वेल्वासेले गुनासो गरेका छन् । वेल्वासेले भने “स्थानीय सरकारको पहलमा ब्याबसायिक कृषकको नाम लिस्ट तयार गरि उनिहरुले लगाएको कृषि उत्पादन संकलन तथा बजारीकरणको ब्यावस्थापन गरि उचित मुल्यमा खरिद गरिदिने ब्यबस्था गरिदिएमा किसानलाई हौसला मिल्ने थियो । त्यस्तै प्रसोधन गर्न मिल्ने कृषि उत्पादनलाई श्रोत र साधनको उपलब्धता गराइ प्रसोधन गर्न प्रेरित गरेमा उत्पादन भएका कृषि उपजहरु त्यसै खेरा फाल्नु नपर्ने उनको भनाई छ ।
कृषकले उत्पादन गरेका हरेक किसिमको उत्पादन को लागत मुल्यको आधारमा समर्थन मुल्य तोक्ने उक्त उत्पादन बिक्री नभए स्थानीय सरकार स्वंम आफै खरिद गरि बिक्री बितरणको प्रबन्ध मिलाउने, उत्पादन र प्रसोधन सम्बन्धि तालिमको प्रबन्ध गर्ने, उत्पादनको आधारमा अनुदानको प्रबन्ध गर्ने, कृषि ऋण लाई अति कम ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउने, स्थानीय अर्गानिक उत्पादनलाई प्रमाणिकरण गर्ने जस्ता कार्य गर्न सकेमा किसानलाई मर्का पर्ने थिएन की ? ग्रामिण कृषि तथा पशुपक्षि विकास फर्मका संचालक सालिक वेल्वासेले स्थानिय सरकारलाई सुझाव दिएका छन् ।








