कपिलवस्तुमा आज थप ८ जना कोरोना संक्रमित फेला परेका छन् जिल्लाको बाणगंगा नगरपालिकाका ६ र बुद्धभूमी नगरपालिकाका २ गरि जिल्लामा ८ कोरोना संक्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा बाणगंगा नगरपालिकाका ८ जना भनिए पनि संक्रमित ८ मध्य २ जना बुद्धभूमी नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनिहरूको स्वाब जेष्ठ ४ र ५ गते सिद्वार्थ क्याम्पस बुङ्चीमा संकलन गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएका बाणगंगा नगरपालिका-वाड न. ८ का बर्ष २५ पुरुष १ जना, वाड न ३ बर्ष १९ का पुरुष १ , वाड न. ११ बर्ष ४२ पुरुष १ जना , वाड न. ५ को बर्ष ४० का पुरुष १ , वाड न. १० का बर्ष ३५ का पुरुष १ र वाड न. ६ का बर्ष २७ को महिला १ जना गरि( कुल ६ जना) हुनुहुन्छ ।
साथै बुद्धभुमी नगरपालिका वाड न. ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को पुरुष १ जना गरि ( जम्मा २) हुनुहुन्छ ।
उहाँहरुको नमुना जेष्ठ ४,५ गते वाडगङ्गा नगरपालिका शिद्दार्थ क्याम्पस बुन्चीबाट सन्कलन गरिएको थियो ।
उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा हुनुहुन्छ ।
यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या ७७ पुगेको छ ।