गृहपृष्ठ Featured थप ३६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ५८४ पुग्यो

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ५८४ पुग्यो

प्रकाशित मिति:

काठमाडौं । शनिबार फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १-१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा  नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए ।

शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् ।

 

सम्बन्धित् समाचार