गृहपृष्ठ Featured बाणगंगामा कोरोना त्रास : संक्रमित १३, भारतबाट आएका २५० जना क्वारेन्टाइनमा

बाणगंगामा कोरोना त्रास : संक्रमित १३, भारतबाट आएका २५० जना क्वारेन्टाइनमा

प्रकाशित मिति:

बिश्वभर फैलीएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लाको बाणगंगामा १३ जना संक्रमित भएका छन । बाणगंगा ठाुकरापुरकी ६ बर्षीय बालिकालाई कोरोना देखिएको करिव  एक हप्तापछि दुइ दिनमा थप १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्य २ जना पत्रकार र एक जना वडा अध्यक्ष समेत रहेका छन । कोरोना देखिएका मध्य अधिकाशं क्वारेन्टाइनमा रहेका हुन ।

यसैबिच बाणगंगा नगरपालिकाको क्वारेन्टाइनमा २५० जना पुगेका छन ।

यी सबै भारतबाट आएका र सिमाबाट नगरपालिकाले उद्धार गरेका बाणगंगाका नागरिक रहेको बाणगंगा नगरपालिकाका प्रवक्ता  बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिएका छन ।

सम्बन्धित् समाचार