अर्घाखाँचीको शितगंगा नगरपालिकाले लामो समयदेखी नेपाल भारत सिमानामा अलपत्र नागरिकको उद्धार गरेको छ । नगरपालिकाले शनिवार मात्र नगर प्रमुख सूर्य प्रसाद अधिकारी सहितको टोलीले कृष्णनगर नाका र सुनौली नाकामै पुगेर उद्वार गरेका हुन् ।
शनिवार मात्रै करिब २०० जना भारतबाट आउने नागरिकहरु शितगंगामा भित्रिएका छन। ३ ओटा बस, २ ओटा टिप्पर १ ओटा ट्रक र १ वटा ट्याक्टरबाट उद्धार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट उद्धार गरिएपछि सबैले समेत व्यक्त गरेका छन् ।