गृहपृष्ठ Featured बाणगंगामा नदीजन्य पदार्थको तस्करी बढ्यो, जेसिविसहित ६ ट्रेक्टर पिपरा प्रहरीकाे नियन्त्रणमा

बाणगंगामा नदीजन्य पदार्थको तस्करी बढ्यो, जेसिविसहित ६ ट्रेक्टर पिपरा प्रहरीकाे नियन्त्रणमा

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा नदीजन्य पदार्थको तस्करी बढेको छ । कोरोनो सक्रमणको यो बेलामा बाणगंगा नदीमा भने नदीजन्य पदार्थको चोरी ब्यापक रुपमा हुदै आइ रहेको छ । जेठ १० गते राती करिव ११ बजे जेसिविसहित तस्करहरुले नदीजन्य पदार्थको चोरी गरी रहेको अवस्थामा उनीहरुलाई स्थानिय युवा र वैखरी अनलाइनले पाएको छ । स्थानियको गोप्य सुचनाको आधारमा वडा नः ८ को मोर्मीमा(ढोडे खोलामा) ६ वटा टे«ेक्टरसहित जेसिविलाई स्थानियले रातको समयमा प्रकाउ गरेपछि बिकास निमार्णको कामको लागी भन्दै बहाना बनाएका थिए ।

त्यस्तै बाणगंगाको वडा नः २ को राजपुर नन्दनगर त्यस्तै वडा नः १ को उप्टहवा क्षेत्रमा पनि रातको समयमा दिनहु नदीजन्य पदार्थको चोरी निकासि बढेको हो । लु ३ त ५२१०, २३५४, ८९४४, ९१४७, ८४३१ नः का ६ टेक्टर र लु १ ख २१०५ नः को जेसिवि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले नदीजन्य पदार्थको चोरी निकासि राेकथामका लागी प्रहरी निरन्तर लागी रहेको बताउदै स्थानिय सरोकारवालालाई चोरी तस्करी भएको पाइएको तत्काल खबर गर्न समेत आग्रह गरेका छन । थप कारबाहीका लागी जिल्ला पठाउने तयारी भइरहेको प्रमुख जोशीले बताए ।

उता स्थानियको रोहबर बिकास निमाणर््ाको काम भइ रहेको बताउदै गर्दा सरोकारवालाले राजश्व नतिरि कुन नियतले गाउघरका खोलाबाट काम गर्न लागेको भन्दै सजग रहन सबैलाई आग्रह गरेका छन ।

सम्बन्धित् समाचार