भारतको गुजरातबाट नेपाल आउदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा ज्यान गएको छ । नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्य अर्घाखाँचीका एक नेपालीको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।
“भारतको गुजरात बाट नेपाल आउदै गरेका उनको भारतमै मृत्यु भएको छ । उनको शब अहिले कृष्ण नगर सीमाको भारततर्फ पर्ने बढनीमा छ । नेपाल भित्राएर मृतकको स्वाब परिक्षण गराउने तयारीमा छौ ।” प्रजिअ पौडेलले भने ।
दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ का ३५ बर्षिय कृष्ण बहादुर गैरेको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।