गृहपृष्ठ खबर आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

नेपाल भारत सिमावारे जनस्तरदेखी सदनसम्म चर्को बहस सुरु भएको छ । सबै नेपाली जनता आफ्नो स्वाभिमान रक्षा गर्नका निम्ति वर्तमान सरकारलाई साथ दिईरहेका छन् । यसैविच भूमी अतिक्रमणको विषयलाई टिपेर हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलसहितका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा गीत सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती, राजा राजेन्द्र, विक्रमजंग शाह, सिर्जु अधिकारी र अनु अधिकारीको स्वर छ । कमल सौरागको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका हुन् भने मुर्चुङ्गा डिजिटलले गीत बजारमा ल्याएको हो ।

नेपालले भारतबाट अतिक्रमित भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ जारी गरेपछि भारतले नेपालको कदमलाई चीनको सहायतामा काम गरेको अ ारोप लगाएको छ । भारतले वर्षौदेखि नेपालको पश्चिमी क्षेत्र अतिक्रमण गर्दै आएको छ । अहिले नेपाल सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी पनि खटाईसकेको छ ।

सम्बन्धित् समाचार