गृहपृष्ठ खबर आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:

नेपाल भारत सिमावारे जनस्तरदेखी सदनसम्म चर्को बहस सुरु भएको छ । सबै नेपाली जनता आफ्नो स्वाभिमान रक्षा गर्नका निम्ति वर्तमान सरकारलाई साथ दिईरहेका छन् । यसैविच भूमी अतिक्रमणको विषयलाई टिपेर हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलसहितका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा गीत सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती, राजा राजेन्द्र, विक्रमजंग शाह, सिर्जु अधिकारी र अनु अधिकारीको स्वर छ । कमल सौरागको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका हुन् भने मुर्चुङ्गा डिजिटलले गीत बजारमा ल्याएको हो ।

नेपालले भारतबाट अतिक्रमित भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ जारी गरेपछि भारतले नेपालको कदमलाई चीनको सहायतामा काम गरेको अ ारोप लगाएको छ । भारतले वर्षौदेखि नेपालको पश्चिमी क्षेत्र अतिक्रमण गर्दै आएको छ । अहिले नेपाल सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी पनि खटाईसकेको छ ।

सम्बन्धित् समाचार