गृहपृष्ठ खबर सुर्या लाइफ इन्स्योरेन्स तौलिहवा शाखा द्वारा बुद्धभुमी न पा वडा १ र २ मा खाध्यन वितरण 

सुर्या लाइफ इन्स्योरेन्स तौलिहवा शाखा द्वारा बुद्धभुमी न पा वडा १ र २ मा खाध्यन वितरण 

प्रकाशित मिति:

सुशील गैरे, बुद्धभुमी –

विश्व भर फौलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि दिन प्रतिदिन बढदै गएको छ । नेपाली नागरिक लाई कोरोना बाट जोगिन नेपाल सरकारले लकडाउन गरेको हो। एक ब्यक्तीबाट अरु ब्यक्तीमा सर्न न दिन लकडाउन गरेको हो। रोग नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ गते देखी देश भरी नै लकडाउन  छ । जिविको पार्जन गर्न छिमेकी मुलक भारतबाट आउनेको संख्या पनि दिन प्रतिदिन बड्दै गए संगै विभिन्न स्थानमा स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्था गरेका छ्न।

क्वारेन्टाइनमा बस्नेका लागि भनेर सुर्या लाइफ इन्स्योरेन्स तौलिहवा शाखाले बुद्धभुमी नगरपालिका वडा १ र २ मा अवस्थित क्वाईरेनटाईनका लागि खाध्यान बितरण गरेको छ। बुद्धभुमी नगरपालिक वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) र वडा २ का वडा अध्यक्ष भेषराज शर्मालाई रु. १७०००- सत्र हजार बराबरको खाध्यान बितरण गरिएको साखा प्रमुख सुबास चन्द्र आत्रेयले बताउनुभयो ।
एजेन्सी म्यानेजर सन्ध्या खानलको नेतृत्वमा वरिष्ठ एजेन्सी म्यानेजर माधव प्र पौडेल, ज्ञानु आचार्य, पर्वाता के सि, रिता कुवर,दोरबाहदुर कुवार, रन्जना ज्ञवाली, मधु गैरे, जाल्पा सोमइ तौलिहवा शाखा म्यानेजर सुबास चन्द्र अत्रेयको उपस्थितमा खाध्यान्न र माक्स वितरण गरिएको हो।


क्वारेन्टाइनको व्यवस्था उदाहरणीय रहेको र त्यहाका समाजसेवी विरेन्द्र मिश्र र युवा कलबको काम प्रसम्शनिय रहेको म्यानेजर अत्रेयले बताउनुभयो।

अगामी दिनमा पनि इन्स्योरेन्सले राहत र आर्थिक सहयोग गर्न पछाडि न हटने अत्रेयले बताउनु भयो ।

सम्बन्धित् समाचार