गृहपृष्ठ खबर चितवनमा रुख ढलेर चेपिँदा १ जनाको मृत्यु, ४ घाइते

चितवनमा रुख ढलेर चेपिँदा १ जनाको मृत्यु, ४ घाइते

प्रकाशित मिति:

चितवनमा रुख ढलेर लाग्दा एकजनाको ज्यान गएको छ । आइतबार बेलुका आएको हावाहुरी र पानीको कारण रुख ढलेर लाग्दा भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी २९ वर्षीय रामबहादुर वि को मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

रुखले लागेर अन्य चारजना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आपटारी देवघाट सडकखण्डमा रुख ढलेर उनीहरुलाई लागेको थियो । उनीहरु ओत लागेर बसेको ना ३ त ३४२३ नम्बरको ट्रयाक्टरमाथि रुख ढलेको थियो ।

सम्बन्धित् समाचार