१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।
कपिलवस्तुमा कोभिड १९ थप ३ जना पोजेटिभ पुष्टि भएका शिवराज नगरपालिका-वाड न. ४ का बर्ष १९ पुरुष १ जना, वाड न ५ का बर्ष २३,२७का २ पुरुषहरू रहेका छन ।
संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु जनाएको छ ।