कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० लोहरौला स्थित ईटा भट्टामा काम गर्ने क्रममा एक मजदुरकोे मृत्यु भएको छ । गत जेठ १० गते सोनी इटा भट्टामा काम गर्ने क्रममा ईटाको चाङमा खसेर गम्भिर घाईते भएका स्थानीय ३२ बर्षिय नारायण पोख्रेल लाई उपचारका लागि भैरहवा मेडिलक कलेज लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पाेस्टमाटम पछि आफन्तलाई बुझाईएको छ ।