कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा न.८ मोर्मी कोईली खोलाको ठेक्का टेन्डर आह्वान भएको छ । वि.स २०३९ साल देखि चुनावि भोट माग्ने एजेण्डामा रहेको पुलको ३८ वर्ष पछि ठेक्का प्रकिया सुरु भएको हो ।
साविकको मोतिपुर गाविस वडा न.९ र हालको बाणगंगा नगरपालिका वडा न.८मा पर्ने यस क्षेत्रका बासिन्दाहरुले यतिलामो समय सम्म पुल नबन्दा सारै सास्ती बेर्होनु परेको थियो । वि.स २०३९ साल देखि कम्तीमा पनि ५ वटा चुनाव भए तर यस क्षेत्रबाट जितेका नेता तथा संम्सदहरुले कुनै चासो दिएका थिएनन ।
चुनावका बेला भोट माग्ने जनतालाई झुक्याउनु बाहेक केहि नभएको एक स्थानियले बताए । वि.स. २०७४ सालमा स्थानिय सरकार गठन भएपछि बाणगंगा नगरपालिका वडा न.८का वडा अध्यक्ष गुणनिधि भुसालको बिशेष पहलमा बाणगंगा नगरपालिकाले कोईलि खोलाको पुलको डिपिआर तयार पारेको थियो ।
पुलको डिपिआर तयार हुना साथ प्रदेश सभा सदस्य बिष्णु पन्थीको सहयोगमा प्रदेश न.५को पुर्वाधार विकास मन्त्रालय अन्तर्गत चार करोडको लागतमा पुल बन्ने भएको छ । प्रदेश सरकारले यसको सुचना निकालेर ठेक्का प्रक्रिया अगाडि बढाएको हो । बाणगंगा वडा न. ८को मोर्मीको कोईलि खोलामा ११ मिटर चैडाइ र ३२ मिटर लम्बाईको पुल बन्ने भएपछि स्थानिय हरु हर्षित भएका छन् । पुल बन्ने भएपछी बोडगाँउ देखि भलवाड हुँदौ छिमेकि जिल्ला अर्घाखाँची सम्मको आवत जावतमा सहज हुने भएको छ ।
फिचर फोटो – प्रदेश सभा सदस्य बिष्णु पन्थीको सामाजिक संजाल बाट लिइएको