गृहपृष्ठ Featured अर्घाखाँचीमा अहिले सम्म भारत बाट आएका १९ सय बढी, ४८५ जनाको मात्र परिक्षण

अर्घाखाँचीमा अहिले सम्म भारत बाट आएका १९ सय बढी, ४८५ जनाको मात्र परिक्षण

अर्घाखाँचीमा अहिले सम्म १९ सय बढी अहिले भारत बाट आएका क्वारेन्टिनमा रहेका छन । जिल्ला भरमा अहिले सम्म २२१ जनाको पिसिआर परिक्षण भएको छ भने २६४ जनाको आरडिटि परिक्षण भएको छ ।

शितगंगा नगरपालिकामा करिव ५० वटा बिद्यालयमा ८०० सैयाको क्वारेन्टिन निमार्ण गरिएका छन शितगंगा नगरपालिकामा ६५० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन शितगंगामा अहिले सम्म ६० जनाको परिक्षण पछि घर पर्किएका छन ।

पाणेनी गाउँपालिकामा सबै ठाउमा गरी १५०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२५ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ८ जना ,आरडिटि परिक्षण १२ जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जना लाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । अब भारत बाट आउने क्रममा १००० जति रहेको र उनिहरु सबैलाई ल्याउने पहल गरीएको पाणिनी गाउपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।

यस्तै मलारानी गाउँपालिकामा मा सबै ठाउमा गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका ४०० जना क्वारेन्टिनमा रहेका छन । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९३ जना ,आरडिटि परिक्षण ४२ जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ५०० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । अब भारत बाट आउने एक हप्ता मा ७५० जना लाई ल्याउने तयारी रहेको छ अन्य ६००० जति गाउपालिकाका बाहिर रहेको ल्याउने पहल गरीएको मालारानि गाउपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो ।

छत्रदेब गाउँपालिकामा एउटा वडा मा ५० शैयाका दरले सबै गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२१ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ११ जना गरीएको गरिएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ ।परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएको छ। भारत तथा अन्य जिल्ला बाट आएका ४६ जनालाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।

भुमिकास्थान नगरपालिकामा रहेका सम्पुर्ण बिद्यालयमा क्वारेन्टिन निर्माण गरीने निर्णय भएको छ। भारत बाट आएका ४१० जना क्वारेन्टिनमा रहेका छन् । भारत तथा नेपालको बिभिन्न स्थानबाट आउनेको संख्या ९०० जना रहेका छन् । अहिले सम्म सबैगरी भारत तथा अन्य जिल्लाबाट आएकाको पिसिआर परिक्षण ७ जना ,आरडिटि परिक्षण १५० जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ । भारत तथा अन्य जिल्ला बाट आएका १२० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । भारतमा भुमिकास्थान नगरपालिकाका ३१८४ जना रहेको र तेश्रो मुलुकमा २२०० जना रहेका छन् उनिहरु सबैलाई ल्याउने पहल गरीएको भुमीकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो ।

सन्धीखर्क नगरपालिकामा सबै वडा गरी ३३२ शैयाको क्वारेन्टिन निर्माण भएको छ र आवश्यक्ता अनुसार क्वारेन्टिनको दर बढाउदै लगिने सन्धीखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । भारत बाट आएका २०० जना क्वारेन्टिनमा रहेका छन । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९२ जनाको ,आरडिटि परिक्षण २० जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ६२ जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । भारत बाट आउने क्रमभने जारी रहेका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो

सम्बन्धित् समाचार