
थारु कला संस्कृति प्रदर्श निर्माण स्थल अतिक्रमण हुन थाले पछि स्थानियहरु संरक्षणमा जुटेका छन् । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ मोर्मीमा थारु संग्रहलय निर्माण गर्नको लागि संरक्षण गरेर राखेको जग्गा अतिक्रमण हुन थालेपछि स्थानिय गाउँका समाजसेवी, बुद्धिजीवि र थारु अगुवाहरु संरक्षणमा जुटेका हुन् ।
पछिल्लो समय थारु समुदायको भाषा, धर्म र संस्कार–संस्कृति संकटमा पर्दै गएको छ । यसलाई संरक्षण र प्रवद्र्धन गर्नको लागी हामी सबैको दायित्व हो । भाषा, धर्म, संस्कार र संस्कृति कुनै पनि जाति समुदायको अस्तित्व र पहिचान संग जोडिएको हुन्छ । त्यसैले थारु समुदायको पहिचानलाई लोप हुन नदिन स्थानिय निकाय तथा संघ–संस्थाहरु क्रियाशिल भएर सहयोग गर्न आवश्यक छ ।
हुन त थारु कला संस्कृति प्रदर्शन निर्माण गर्नको लागि वि.स. २०७३ सालमा करिव २८ कठ्ठा क्षेत्रफल रहेको जग्गालाई बाणगंगा नगरपालिका वडा– ८ वडा कर्यालय र घरघरमा शिक्षा तथा आत्मानिर्भर विकास संस्थाको पहलमा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभाले जग्गालाई तरबार गरेर राखेको छ ।
तर समयमा नै थारु संग्रहलय निर्माण हुन नसक्दा संग्रह स्थल दायाँबायाँ अतिक्रमण हुन थालेको छ । कोविड १९ कोरोनाको महामारीले देश नै संकटमा छ । देश लामो समय लक डाउनको अवस्थामा छ । यस समय कसैको ध्यान संग्रह स्थल तिर जान सकेको थिएन । सुकुम्बासीका घरटहरहरु निर्माण गर्दै बाटोको लागी छुट्टाएको जग्गा समेत अतिक्रमण गर्न थालेपछि अतिक्रमण हुन नदिनको लागि संरक्षण गरेको समाजसेवी तथा गाउँका अगुवा द्रोण हमालले बताउँनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा–८ मोर्मी टोल विकास संस्थाका अध्यक्ष तथा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभाका उपाध्यक्ष सक्रान्ती चौधरीले थारु संग्रहलय स्थल अतिक्रमण हुन नदिनको लागी संग्रहलय छेउछाउँबाट बाटो निर्माण गरेको बताउँनुभयो । उहाँले त्रिशक्ति सामुदायक वन उपभोक्ता समुह संग अर्थिक सहयोग माग गरेर बाटो निर्माण गरेको जानकारी समेत दिनुभयो ।
वतावरणीय रुपमा अति सुन्दर संग्रहलय स्थल
यस बाणगंगा नगरपालिका वडा नं. ८ (बोडगाउँ, मधुवान, बन्डौली, मोर्मी, ढोडेकोल र चप्पार गाउँको विच भागमा पर्ने उक्ता थारु संग्रहलय “थारु कला संस्कृति प्रदर्शन केन्द्र निर्माण स्थल” वातावरणीय रुपमा अति सुन्दर मनमोहक रहेको छ । संग्रहलय संकै जोडिएर रहेको झुलुङ्गे पुलको कारण अझ मनिसहरु सेल्फी खिच्नको लागि समेत टाढा–टाढा बाट आउँने गर्दछन् । त्रिशक्ति सामुदायक वन उपभोक्ता समुहका सल्लाहकार तथा अधिवक्ता समेत रहनुभएका समाजसेवी रविराज आचार्यले यस स्थानमा छिट्टै नै थारु संग्रहलय निर्माण हुन आवश्यक रहेको बताउँनुभयो । उहाँले भन्नुभयो–“लोप हुन लगेको थारु कला, संस्कृतिहरुलाई यस संग्रहलयमा संरक्षण गर्दा पर्यटकीय विकास हुनुको साथै थारु समुदायमा आयआर्जनको पाटो संग जोड्न सकिन्छ ।”
हुन त प्रदेश सभा सदस्य विष्णु पन्थीले थारु समुदायका विभिन्न कार्यक्रममा प्रदेश सरकारले आदिवासी जनजाति समुदायलाई लक्षित गरेर बजेट छुट्टाउने, थारु होम स्टे निर्माण गर्न सहयोग गर्ने र स्थानिय थारु समुदायलाई आर्थिक पाटो संग जोडेर विकास गर्ने भाषाण गरेपनि त्यो अझै हुन सकेको छैन । थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले थारु संग्रहलय निर्माणको लागि विभिन्न सरोकारवाला संघ, संस्थाहरुलाई आफुले झकझकई रहेको जानकारी दिनुभयो । उहाँले संग्रहलयमा थारु समुदायको पहिचान झल्कीने ऐतिहासिक बस्तुहरु हुने भएकोले यसलाई छिट्टै नै निर्माण गर्न आवश्यक रहेको बताउँनुभयो ।

थारु संग्रहलय निर्माण नहुनुको कमजोरी
थारु समुदायको संग्रहलय निर्माण हुनु निकै गर्वको विषय हो तर यसलाई निर्माण गर्न नसक्नु यो थारु समुदायको कमजोरी हो की ? थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभाको या नगरपालिकाको यो आफैमा एउटा गम्भिर विषय हो ।
कुनै गाउँमा मात्र केन्द्रीत नभएर बाणगंगा नगरपालिका वडा नं. ८ मा रहेका थारु समुदायले सक्रिय भएर निर्माण गर्न खोजेको थारु संग्रहलयमा स्थानिय निकायले बजेट विनियोजन नगर्दा काम अगाडी बढ्न सकेको छैन । लामो समय हुँदा समेत थारु संग्रहलय निर्माण गर्न सरोकारवाला निकायहरुले चाँसो दिएका देखिदैन । यत बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले वडाबाट थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि विभिन्न किसिमको बजेट छुट्टाउने गरेको बताउँनुभयो । उहाँले बाणगंगा वडा ८ ले थारु समुदायको परम्परागत सिप विकास तालिमको व्यवस्था गरेको जसबाट थारु समुदायमा ढाकिया बुन्ने र थारु बाजा बजाउने कलाको विकास भएको बताउँनुभयो । उहाँले माघी महोत्सव कार्यक्रमको लागी प्रत्येक बर्ष १ लाख वडाले वजेट छुट्टाउँदै आएको र थारु संग्रहलय निर्माण गर्नको लागि पनि वडाले आफ्नो ठाउँबाट पहल गर्ने जानकारी दिनुभयो ।
थारु संग्रहलय निर्माण हुँदा फाईदा
थारु समुदायको संग्रहलय भवन निर्माणले निश्चय नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस क्षेत्रको विकास हुनु स्वाभविक हो । जसले गर्दा यस क्षेत्रको विकास मात्र नभएर समग्र आदिवासी थारु समुदायको मौलिक भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । थारु संग्रहलय निर्माण हुँदा यस क्षेत्रका ब्रहमाण, क्षेत्री, मगर, गुरुङ्ग, ठकुरी, कसौधन, ठाकुर, अग्रवाल, सुनार, दमाई , मुस्लिम लगायतका जतिहरुले प्रत्यक्ष रुपले संग्रहलयको अवलोकन गर्न पाउने जनप्रतिनिधी शिव प्रसाद पाण्डेले बताउँनुभयो । उहाँले थारु समुदायको लोप हुन लागेको भेषभुषा, भाषा संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न थारु संग्रह निर्माण गर्दा ठुलो टेव मिल्ने बताउँनुभयो ।
निर्माण हुन नसक्नुको कारण
बाणगंगा नगरपालिकमा वि.स. २०६८ सालको जनसंख्या अनुसार कुल ७५ हजार २ सय ४२ रहेको छ । जसमध्ये थारु समुदायको कुल जनसंख्याको ३७.१४ प्रतिशत थारु समुदायको मात्र बहुल्यता रहेको छ । तर अन्य समुदायको तुलनमा उच्च जनसंख्या भएको यस बाणगंगा नगरपालिका स्थित वडा ८ मा रहेको थारु संग्रहलय निर्माण नहुनु हामी सबै नेपालीहरुको चुनौतिको विषय हो । यस्ता थारु संग्रहलय निर्माण हुन नसक्नु त एउटा उदाहरण मात्रै हो । तर कतिपय संग्रहलयहरु निर्माण अवस्था बाटै आर्थिक, राजनैतिक आदि कारणले गर्दा निर्माण हुन नसकी विलिन भएको अवस्था छ । यद्यापी यि यस्ता संस्कृतिक सम्पदा संरक्षण र संवद्र्धनकको लागि स्थानिय निकायको ध्यान पुग्न सकिरहेको छैन । भाषा संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि आर्थिक रुपमा सरकारले संस्कृतिक संरक्षण र प्रवद्र्धन गर्न सहयोग गर्नु आवश्यक छ, र यी यस्ता संस्कृतिक भवनहरु निर्माण कार्यमा सम्बन्धीत निकायको छिट्टै ध्यान पुग्न जारुरी छ ।









