गृहपृष्ठ Featured अपडेट : कपिलवस्तुमा थपिए २६ कोरोना संक्रमित

अपडेट : कपिलवस्तुमा थपिए २६ कोरोना संक्रमित

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

कपिलवस्तुमा कोभिड १९ थप २६ जना पोजेटिभ पुष्टि भएका  मध्य

कपिलवस्तु नगरपालिका-वाड न. १२ का बर्ष २२ पुरुष १ जना

मायादेवी गाउँपालिका वाड न ७ का बर्ष ५० का १ पुरुष रहेका छन

यशोधरा गाउँपालिका-वाड न. १ का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२०पुरुष १२जना, वाड न २ का बर्ष ४४,३५,२३,२२का ४ पुरुष र बर्ष २ को बालिका १ जना, वाड न ८ का बर्ष ३४,३०,३१,४०,३५,१९,२५ पुरुष ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेका छन ।

यस संगै कपिलवस्तुमा संक्रमितकोको संख्या १०९ पुगेको छ ।

सम्बन्धित् समाचार