गृहपृष्ठ Featured शितगंगामा आगलागीले ५० रोपनी मा लगाएको कागती जलेर नष्ट

शितगंगामा आगलागीले ५० रोपनी मा लगाएको कागती जलेर नष्ट

शितगंगा नगरपालिका १० मा रहेको हाम्रो एग्रो र्फममा लगाइएको ५० रोपनी क्षेत्रफलको कागती खेती बन डढेलोले सखाप पारेको छ । जङगलबाट आएको लागोले उत्त क्षेत्रमा लगाइएको हजारौ कागतीका बिरुवाहरु जलेर खरानी भएको फमका सञ्चालक यमलाल आर्चायले जानकारी दिनु भयो ।

उत्त १२ हजार बढी कागतीका बिरुवाहरु रहेको कृषि फममा जङगलमा लगाएको आगो बिरुवा लगाएको क्षेत्रमा आउदा हजारौ बिरुवा जल्दा लाखौको क्षति भएको आर्चायले जानकारी दिनु भयो ।

उत्त फममा कागतीका बिरुवाहरु यस क्षेत्र बाहेक प्रदेशका बिभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ । कपिलबस्तुका सञ्चालक आर्चायले उत्त क्षेत्रमा करोडौको लगानीमा कृषि रिसर्च सेन्टर स्थापना गर्नु भएको छ । उत्त फममा कागती खेती , मौरी पालन माछा पालन , बाख्रा पालन लगायतका धेरै कृषि खेती समेत रहेको छ ।

फममा बिभिन्न समयमा सयौ स्थानियहरु लाई रोजगारको ब्यवस्था समेत हुनगरेको छ । बिभिन्न विपतमा क्षति भए पनि स्थानिय तह हरु बाट सहयोग नभएको आर्चायको गुनासो छ केही दिन अघि समेत हावाहुरीले कागती नर्सरीको टनेल उढाएर लाखौको क्षति भएको थियो भने अहिले पुन लाखौको कागती आगोले सखाप पारेको छ ।

हरेक बर्ष यसरी आगो गलाउदा लाखौको क्षति भए पनि सम्बन्धित निकायहरुले कुनै चासो नदिने गरेका दुख ब्यत गर्नु भयो । गत बर्ष समेत बनमा लागेको लागोले सयौ बिरुबा तथा फल्ने बोटहरु नष्ट गरेको थियो ।

सम्बन्धित् समाचार