गृहपृष्ठ Featured कपिलवस्तुमा डिस्चार्ज भएका व्यक्तिमा कोरोना, गाँउमा त्रास

कपिलवस्तुमा डिस्चार्ज भएका व्यक्तिमा कोरोना, गाँउमा त्रास

कपिलवस्तु अस्पतालमा उपचाररत क्वारेन्टाईनका एक व्यक्तिलाई अस्पतालले स्वाब संकलन गरि प्रतिवेदन नआउदै डिस्चार्ज गरिदा गाउँभरी त्रास बढेको छ ।

अस्पतालले स्वाब संकलन गरि डिस्जार्च गरेका व्यक्ति गाँउमा पुगेको दुई दिन पछि कोरोना संक्रमण पुष्टी भएपछि अहिले गाँउ नै त्रसित बनेको हो ।

कपिलवस्तु नगरपालिका १२ बिठुवाका एक युवालाई अस्पतालले तिन दिन उपचार गरि डिस्चार्ज गरेको थियो । गत जेठ ७ गते कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बिठुवा गाँउको रामदेव प्राबि मा रहेको क्वारेन्टाईनका २२ बर्षका युवा अचानक बेहोस भए ।

उनि मधुमेहका बिरामी समेत रहेका थिए । उनी भारतको मुम्बईबाट घर फर्किएर गाँउकै बिद्यालयको क्वारेन्टाईनमा राखिएका थिए । बिरामी परेका उनलाई उपचारका लागी कपिलवस्तु अस्पताल तौलिहवा लगी जेठ ७ गते भर्ना गरिएकोमो अवस्थामा सुधार आएको भन्दै अस्पतालले जेठ १० गते डिस्चार्ज गरेको थियो । क्वारेन्टिनका व्यक्ति भए पनि उनलाई डिस्चार्ज गर्दा स्थानिय तहका जनप्रतिनिधी र नगर स्वास्थ्य शाखा सँग अस्पतालले कुनै समन्वय गरेन । डिस्चार्ज भएका उनलाई परिवारले घर पठाइयो ।

घर पुगेको दुई दिन पछि जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सम्बन्धित् समाचार