गृहपृष्ठ Featured टी २० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने सम्भावना

टी २० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने सम्भावना

अष्ट्रेलियामा हुने भनिएको टी(२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२२ मा सर्ने सम्भावना बढेको छ ।अक्टोबर ११ देखि नोभेम्बर ५ तारिखमा हुने भनिएको प्रतियोगिता सर्ने सम्भावना रहेको आईसीसीका एक पदाधिकारीले बताएका छन् । विश्वकप हुने नहुने लगायतका अरु एजेन्डाका लागि आईसीसीको बोर्ड बैठक बिहीबार बस्दैछ जसमा टी(२० विश्वकपको बारेमा निर्णय हुनेछ ।

आईसीसी शीर्ष पदाधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीसँगको कुराकानीमा यो वर्ष हुने भनिएको टी(२० विश्वकप सर्ने प्रबल सम्भावना रहेको बताएका छन् ।

पछिल्लो पटक टी(२० विश्वकप स्थगित भएमा त्यो समयमा आईपीएल गर्ने योजनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई रहेको छ । तर यसबारेमा पनि बिहीबार नै निर्णय हुनेछ । बोर्ड बैठक भिडियो कन्फ्रेन्सबाट हुनेछ ।

सम्बन्धित् समाचार