लाली गुराँस नेपालको राष्ट्रिय फुल हो । राज्यले लाली गुराँसलाई राष्ट्रिय फुलको रुपमा पनि घोषणा गरेको छ । शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा फुल्ने लाली गुराँसलाई राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनैपनि योजनाहरु सार्वजनिक गर्न सकेको छैन् । तर गढी र लेखगाउँमा गुराँस संरक्षण दस्ता गठन गरेर जथाभावी फुल टिप्नेलाई निरुत्साहित पर्ने अभियान जारी राखेका छन् ।
नेपालको संविधान २०७२ ले पनि लाली गुराँसलाई राष्ष्ट्रिय फुलको रुपमा मान्यता दिएको छ । सुर्खेतको चुरे क्षेत्रहरुमा पनि लाली गुराँस अत्याधिक रुपमा यो मौसममा पाइन्छ । विगतका वर्षहरुमा दैलेख र सुर्खेतका सीमानामा पर्ने रातानाङ्गला र गुराँसेमा फुल हेर्नका लागि धेरै आन्तरिक र बाहिरि पर्यटकहरु पुग्ने गर्दछन् ।