गृहपृष्ठ Featured काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जेठ १७ गतेका लागि पार्टी कार्यालय सनेपामा केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलका अनुसार बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बैठकमा काँग्रेसले संविधान संशोधनको पक्षमा दृढ रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत निर्णय गर्ने बताएको थियो ।

गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । तर बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि काँग्रेस केन्द्रीय समिति बैठकलाई देखाइएको थियो ।

सम्बन्धित् समाचार