गृहपृष्ठ अर्थ/वाणिज्य सरकारले आगामी वर्ष स्थानीय तहमा २ सय ७२ वटा अस्पताल सञ्चालनमा ल्याउने

सरकारले आगामी वर्ष स्थानीय तहमा २ सय ७२ वटा अस्पताल सञ्चालनमा ल्याउने

प्रकाशित मिति:

सरकारले आगामी वर्षभित्र स्थानीय तहहरूमा ५ देखि १५ शैयाका २७२ वटा अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको छ। आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहमा अस्पताल सञ्चालनमा ल्याउनको लागि १४ अर्ब २७ कोरोड बजेट बिनियोजन गरिएको बताए।

यस्तै समग्र स्वास्थ्य विकास पूर्वाधारको लागि सरकारले १२ अर्ब ४६ करोड रुपैंया बिनियोजन गरेको छ। सरकारले साविकको जिल्ला र अञ्चल अस्पताललाई विस्तार गर्न पनि बजेट विनियोजन गरिएको जनाएको छ।

सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने जनाएको छ। यस्तै सातै प्रदेश राजधानीमा अत्याधुनिक प्रयोगशाला स्थापना गरिने भएको छ।

साथै विदेशबाट आउने नागरिकहरूलाई सीमा नाकामा अनिवार्य परीक्षण गर्ने सुविधासहितको स्वास्थ्य डेस्क स्थापना गरिने पनि सरकारले जनाएको छ।

सम्बन्धित् समाचार