गृहपृष्ठ अर्थ/वाणिज्य बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने

बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने

सरकारले बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले बताए ।

नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा

सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित् समाचार