कपिलवस्तु जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको परिक्षणमा २४ जना संक्रमित थपिएका हुन् ।
आज कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएका विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का पुरुष ६ जना गरि । (कुल ९)
कपिलवस्तु नगरपालिका वाड न ७ बर्ष २७ का पुरुष १ जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० का पुरुष गरि । (कुल १३ जना)
महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का पुरुष १
एक जना ।
अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष १ जना हुनुहुन्छ । जो भारतबाट नेपाल आउदै गर्दा भारत ( बाटोमा) मृत्यु भएको थियो , निजको नमुना २०७७/०२/११ गते कृष्णनगरमा संकलन गरिएको थियो ।
संक्रमितहरूको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या १३२ (अन्य जिल्लाको १)पुगेको छ ।