कपिलवस्तु , जेठ , १६
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको बिहीबार साँझ ८ : ३० बजेको जानकारी अनुसार थप ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । थप संक्रमितहरु कपिलवस्तु नगरपालिका वाड न. १० का बर्ष २४ पुरुष १ जना, वाड न. ११ का बर्ष २३,२५,२६ का ३ पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेका छन् ।
यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १३६ पुगेको छ ।
कपिलवस्तु नगरपालिका बुद्दपद्म स्कुल ,वाड न ९ र १० को निग्लिहवा र वाड न ११ को जहदीबाट २०७७-०२-१२ गते संकलन गरि भरतपुर अस्पतालमा परिक्षण गरिएका १७० नमुना मध्ये ४ पोजेटिभ , १६६ नेगेटिभ आएको छ ।