बेलायत स्थित एचिभमेण्ट फोरम प्रोमीसिङ रिजन फोकस नामक एक अन्तराष्ट्रिय फोरमले नेपालको कपिलवस्तु स्थित बाणगंगा नगरपालिकालाई इक्सीलेन्स ईन सिटी मेनेजमेण्ट अन्तर्गत विश्वका उत्कृष्ट १०० क्षेत्र ,शहर वा नगरपाालिका भित्र पार्दै एचिभमेण्ट अवार्ड २०२०का लागि नामांकन गरेको जानकारी प्राप्त भएको छ l
यो संगै बाणगंगा विश्वका उत्कृष्ट १०० क्षेत्र ,शहर वा नगरपालिकाका रुपमा सूचीकृत भएर उत्कृष्ट स्थान हासिल गर्ने प्रतिस्पर्धामा सहभागि हुन पाएको छ । यसका लागि अवार्र्डमा नामाकरण दर्ता गरेर नगरपालिकालाई उक्त संस्थाले जानकारी पठाएको बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले वैखरी अनलाइन लाइ जानकारी दिनु भएको छ l









