काठमाडौं , जेठ , १६ /
नेपालमा शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै मुलुकभर कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
जसमा झापा २८, सप्तरी ४, बारा ४, पर्सा ५, सर्लाही ५, म्याग्दी १, बाँके १०, कपिलवस्तु ५२, रौतहट ५६ नवलपुर २, रुपन्देही १, दाङ २ जना गरि देशभर संक्रमितको संख्या १,२१२ जम्मा पुगेको छ ।
डिस्चार्ज हुनेको संख्या भने २०६ जना पुगेेेेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै अर्घाखाँचीका १ जनाको मृत्युु भएको छ र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।









