गृहपृष्ठ Featured थप ३६ सहित कपिलवस्तुको यशोधरामा ६९ कोरोना संक्रमित, जिल्लाकै हटस्पट बन्यो

थप ३६ सहित कपिलवस्तुको यशोधरामा ६९ कोरोना संक्रमित, जिल्लाकै हटस्पट बन्यो

प्रकाशित मिति:

कपिलवस्तु , जेठ , १६
कपिलवस्तुको यशोधरमा गाउँपालिकामा एकैपटक ३६ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना , वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष सहित कुल ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस अघिका ३३ कोरोना संक्रमित गरि जम्मा ६९ संक्रमित एउटै गाउँपालिकामा देखिएका हुन् । जिल्लाकै सबैभन्दा धेरै संक्रमित भएको यो गाउँपालिका हटस्पट बनेको छ ।

कपिलवस्तुमा थप ५२ सहित संक्रमितको संख्या १८८ पुगेको छ ।

सम्बन्धित् समाचार