गृहपृष्ठ Featured कालोबजारी रोक्न बाणगंगामा उद्योग बाणिज्य सघंले सुरु गर्यो हटलाइन नम्बर

कालोबजारी रोक्न बाणगंगामा उद्योग बाणिज्य सघंले सुरु गर्यो हटलाइन नम्बर

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंले बाणगंगामा कालोबजारी बढेको पाइएपछि हटलाइन नः सुरु गरेको छ । लकडाउन र सिलको समयमा बाणगंगा नगरपालिका भित्रका ब्यवसायीहरुले कालोबजारी गरेका जनगुनासो ब्यापक बढेपछि सघंले हटलाइन नः को सुरु गरेको हो ।

सघंका अध्यक्ष उमानाथ पौडेलले यस बिषयमा जानकारी गराउदै कुनै पनि ब्यवसाय सञ्चालन गरेका ब्यवसायीले तोकेको भन्दा बढि मुल्यमा बेचेको पाइमा हटलाइन नः ०७६—५५००८० मा चौबिसै घण्टा संमर्पक गर्न आग्रह गरेका छन ।
बाणगंगा नगरपालिकामा म्याद नाघेका सामाग्री समेत बिक्रि भएको गुनासो आएकाले तत्कालै बजार अनुगमन गरी त्यस्ता ब्यवसायीलाई कडा भन्दा कडा कारबाही गर्ने उनले बताए ।

सम्बन्धित् समाचार