
नेपालमा आज एकैदिन एक सय ७० जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
आज एक सय ७० जना थपिएसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या एक हजार दुई सय १२ पुगेकाे छ । सङ्क्रमितमध्ये दुई सय ६ जना निकाे भएका छन् भने ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।








