गृहपृष्ठ Featured थप १९ जनाले जिते कोरोना, कोरोना निको हुनेको संख्या २०६ पुग्यो

थप १९ जनाले जिते कोरोना, कोरोना निको हुनेको संख्या २०६ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ ।शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको जानकारी दिएको हो ।

 

कोरोना निको हुनेमा पुरुष १६२ र महिला ४४ जना रहेका छन् ।प्रादेशिक विवरणअनुसार प्रदेश नम्बर १ मा ३०, प्रदेश २ मा १०२, बागमतीमा २०, गण्डकीमा २, प्रदेश ५ मा ४७ र सुदूरपश्चिममा ५ जनाले कोरोना जितेका छन् ।आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित् समाचार