गृहपृष्ठ Featured शनिबारबाट बाणगंगाका सबै खोप केन्द्रले बालबालिकालाई खोप लगाउदै

शनिबारबाट बाणगंगाका सबै खोप केन्द्रले बालबालिकालाई खोप लगाउदै

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले शनिबारबाट नगरपालिका भित्रका बालबालिकालाई खोप लगाउने भएको छ । कोरोनाका कारण स्थगीत भएको खोप लगाउने कार्यक्रम शनिबारबाट सुरु हुन लागेको हो ।

फाईल फोटो
फाईल फोटो

नगरपालिका भित्रका ११ वटै वडा भित्र रहेका खोप केन्द्रबाट खोप लगाउने तयारी भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई बताए ।

 

अनिवार्य रुपमा सामाजिक दुरी कायम गरी नजिकैको खोपकेन्द्रबाट बालबालिकालाई खोप लगाई यस कार्यक्रमलाई सफल पार्न उनले आग्रह समेत गरेका छन ।

सम्बन्धित् समाचार