गृहपृष्ठ Featured कञ्चनको क्वारेन्टाइनमा न बत्ती न पंखा नत पौष्टिक आहार

कञ्चनको क्वारेन्टाइनमा न बत्ती न पंखा नत पौष्टिक आहार

बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९को बढ्दो संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि भएको लकडाउनका कारण बैदेशिक रोजगारको लागि छिमेकी देश भारत तथा तेश्रो मुलुक गई काम बिहिन भएर नेपाल आएकाहरुलाई रुपन्देहीको कञ्चन लगायत देशभरका बिभिन्न क्वारेन्टाइनहरुमा गत चैत्र १४ गते देखि राखिदै आएको छ ।

त्यसरी बिदेशबाट आएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने नेपाल सरकार तथा स्थानिय सरकारको ब्यबस्था अनुसार कञ्चनले पनि गत चैत्र १५ गते देखि कञ्चन लगायत अन्य बाह्य जिल्लाका नागरिकहरुलाई पनि अस्थाई क्वारेन्टाइनमा राख्दै आएको छ ।
शुरु शुरुको समयमा क्वारेन्टाइनमा बस्नेहरु थोरै भएकोले पनि कञ्चन गाउपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि खान र बस्नको लागि राम्रो ब्यबस्था गर्दै आएको थियो । तर छिमेकी देश भारतबाट नेपाल आउने संख्या बढे संगै कञ्चन गाउपालिकाले सोचेको भन्दा बढी संख्यामा मान्छे आएपछि गाउपालिकाले थप ३ वटा क्वारेन्टाइन ब्यबस्था गरी ४ वटा क्वारेन्टाइन तयार गर्नु परेको छ । अहिले ४ वटा क्वारेन्टाइनमा करिब १ सय ४८ जना रहेकाछन ।

 

छिमेकी गाउपालिकामा कोरोना संक्रमण देखिए संगै कञ्चनले आफ्नो गाउपालिकालाई कोरोना संक्रमणबाट मुक्त राख्न उच्च सर्तकता अपनाई क्वारेन्टाइनको थप ब्यबस्था गरेको हो । तर दिनहु जसो क्वारेन्टाइनमा मान्छेहरु थपिदै जादा कञ्चनले क्वारेन्टाइनमा आवस्यक तथा न्युनतम आधारभुत कुराहरुको ब्यबस्थापन गर्नमा प्राबिधिक समस्या परेको हुदां क्वारेन्टाइनहरुमा न बिजुली बत्ती,न पंखा, नत पौष्टिक आहारको नै ब्यबस्था गर्न सकेको छ ।

क्वारेन्टाइनमा बस्नेहरुले आफना आफन्तहरुलाइृ न यहां बत्ती छ न त पंखा नै भन्दै आफु बस्ने गरेको क्वारेन्टाइन भित्रको फोटो खिचेर म्यासेन्जर र फेसबुकमा पोष्ट गरेका छन । कतिपयले हामीले यस्तो खाना खान्छौं भन्दै आफुलाई दिएको खानाको फोटो खिचेर आफन्तहरुलाई म्यासेन्जरमा पठाइदिएका छन । आफ्नो आफन्त बस्ने क्वारेन्टाइनको अवस्था र खानाको तस्बीर देखे पछि कुन आफन्तको मन नदुखेको होलार ।

क्वारेन्टाइनमा बस्नु र राख्नु कसैको रहर होइन यो त बिषम परिस्थितीले बनाएको बाध्यता हो । बैसाख जेठ महिनाको उखरमाउलो गर्मीमा राम्रो संग न बत्ती बल्छ न त पंखाले सितल दिन्छ साह्रै कठिन छ रात कटाउन भन्दै ५ दिन देखि हरैया बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका कञ्चन ३ का एक जना स्थानियले गुनासो गरेका छन। भित्तामा स्वीच बोर्ड छ तर बोर्डमा न गतिलो स्वीचहरु छन न त फ्युज नै यस्तो गर्मीमा रात कटाउन निकै गाह्रो भएको गुनासो गरेका छन लुम्बिनी ज्ञान निकेटन मा।बि।मा रहेको क्वारेन्टाइनमा बस्दै आएका कञ्चन ५ की अनिता परियारले ।

यस्तै क्वारेन्टाइनमा बस्नेहरुका लागि उपलब्ध गराउदै आएको खानाको पनि उस्तै गुनासो छ । कहिले भात गिलो नै गिलो कहिले दाल नपाकेको हुने त कहिले नुनको मात्रा कम हुने गरेको गुनासो गर्दै आएका । लुम्बिनी ज्ञान निकेटन मा।बि।मा रहेको क्वारेन्टाइनमा बस्दै आएका कञ्चन ४ का दिनेश सार्की ९नाम परिबर्तन०ले तरकारीमा नुन नलाग्नु वा बढी हुनु स्वभाबिक भएपनि कमसेकम दाल र भात राम्ररी पाकेको हुनु पर्ने कुरा गुनासो गरेका छन ।

क्वारेन्टाइन ब्यबस्थापनको बारेमा किन कमजोरी भएको हो भन्ने बारेमा कञ्चन ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेसंग जिज्ञासा राख्दा कुन बेला कति जना मान्छे क्वारेन्टाइनमा आउछन भन्ने कुनै ठेगान नहुने भएकोले र प्राय सिमानाकाबाट राती १० ११ बजे आउने भएकोले राती ब्यबस्थापन गर्न गाह्रो हुदै आएत पनि अर्को दिन आवस्यक बन्दोबस्त गरिदै आएको बताउनु भएको छ ।

यसतै वडा नं। ४ का वडा अधयक्ष दुर्गा सिंह क्षेत्रीले क्वारेन्टाइनमा बस्नेहरुको लागि आवस्यक खानाहरुमा गुनासो आएको स्वीकार्दै खाना ब्यबस्थापनको जिम्मा दिएका होटल संचालकलाई स्वस्थ र पौष्टिक युक्त खाना उपलब्ध गराउन सुझाव दिइएको बताउनु भएको छ भने वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले क्वारेन्टाइनमा आवस्यक बिजुली बत्ती र पंखा मर्मतका लागि इलेक्ट्रिसियनहरुले क्वारेन्टाइन भित्र गएर काम गर्न अप्ठ्यारो मानेकाले समस्या समाधान गर्न नसकिएको बताउदै सके सम्म क्वारेन्टाइन भित्र बस्नेहरु मध्ये कसैले इलेक्ट्रिसियन सम्बन्धी काम गर्न अनुभवी भएमा सामान उपलब्ध गराएर मर्मत गर्न लगाइने बताउनु भएको छ ।

 

प्रगती मा।बि।को क्वारेन्टाइनमा भने शुरुका दिनहरुमा खानामा समस्या आएको भएपनि त्यसको समाधान भएको र त्यहां कुनै समस्या नभएको बताएको छन । अहिले लुम्बिनी ज्ञाननिकेटन मा।बि।मा ४२ जना,हरैया बहुमुखी क्याम्पसमा ४५ जना,रुद्रपुर मा।बि।मा ३९ जना र प्रगती मा।बि।मा २२ जना गरी जम्मा १ सय ४८ जना रहेकाछन ।ती सबै छिमेकी देश भारतका बिभिन्न शहरहरुबाट नेपाल आएका कञ्चनवासी हुन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोरोना संक्रमण सम्बन्धी पछिल्लो अपडेट अनुसार प्राय छिमेकी देश भारतबाट आएका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित् समाचार