गृहपृष्ठ खबर क्वारेन्टाइन राख्ने बाध्यता रहुन्जेल विद्यालय खोल्ने स्थिति देखिदैन – शंकर पोख्रेल , मुख्य मन्त्री प्रदेश पाँच

क्वारेन्टाइन राख्ने बाध्यता रहुन्जेल विद्यालय खोल्ने स्थिति देखिदैन – शंकर पोख्रेल , मुख्य मन्त्री प्रदेश पाँच

प्रकाशित मिति:

बुटवल । प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले विदेशवाट नेपाल फर्कनेलाई क्वारेन्टाइनमा राख्ने वाध्यता रहुन्जेल विद्यालय खोल्ने स्थिति नदेखिएको बताएका छन् । खोल्दा झन् व्यवस्थापनमै समस्या हुने उनले बताएका छन् ।

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । साथै भारतबाट समेत नेपाली नागरिकलाई उद्धार गर्न लागेको छ । यस्तो अवस्थामा उनीहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न विद्यालय प्रयोग भएको अवस्थामा स्कुल तत्काल खोल्न नसकिने बताएका हुन् ।

यता प्याब्सन लगायतका केही शैक्षिक संघसंस्थाले भर्ना अभियान सुरु हुने बताएको सन्दर्भमा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले फेसबुक स्टाटस मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सम्बन्धित् समाचार