काठमाडौं, जेठ १७ गते । देशकै धेरै संक्रमित ५४७ पुगेसँगै प्रदेश पाँच कोरोना हटस्पट बनेको छ । साथसाथै बराबर संक्रमित संख्या पुगेको प्रदेश २ समेत हटस्पट बनेको छ ।
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा शनिबार देशभर थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।
प्रदेश पाँच र दुईमा बराबर ५४७ संक्रमित देखिएका छन् ।
नेपालमा कुन प्रदेशमा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –