गृहपृष्ठ Featured रूकुम घटनाका दाेषीलाई कार्वाहीकाे माग गर्दै कपिलवस्तुमा साङ्केतिक बिरोध

रूकुम घटनाका दाेषीलाई कार्वाहीकाे माग गर्दै कपिलवस्तुमा साङ्केतिक बिरोध

प्रकाशित मिति:

कपिलवस्तु , १७, जेष्ठ ।
रुकुमको चौरजहारीमा दलित युवासहित पाँच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका माग गर्दै कपिलवस्तुमा साङ्केतिक बिरोध सम्पन्न भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ बनगाईँमा भएको बिरोध कार्यक्रममा रुकुमको घटना मानव सभ्यताकै विरुद्धकाे घटना भएकोले सरकारले गम्भीर रुपमा लिदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहनेछ भन्दै युवा नेता बिरहीले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।

स्थानीय युवा नेता तिलक बिरहीको नेतृत्वमा भएको बिरोध कार्यक्रममा ५० भन्दा बढीको सहभागिता थियो ।


कार्यक्रम उपस्थित सम्पूर्णले जातीय भेदभावको अन्त्य गरौं, सरकार अँध्यारोमा छ , उज्यालो यहाँ छ लेखिएका प्ले काड लिएका थिए ।

सम्बन्धित् समाचार