कपिलवस्तु ।
कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेसँगै देशकै कोरोना हटस्पट बनेको छ । त्यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिकामा जिल्लामै सबैभन्दा धेरै १०० जना संक्रमित देखिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार नयाँ संक्रमितहरू महाराजगन्ज नगरपालिकाका बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन् । त्यसैगरी कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना र यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना रहेका छन् ।
कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –
स्रोत : जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु