गृहपृष्ठ Featured आर्थिक वर्ष २०७७/ ७८को बजेटप्रति कृषि मन्त्रालयको असन्तुष्टि

आर्थिक वर्ष २०७७/ ७८को बजेटप्रति कृषि मन्त्रालयको असन्तुष्टि

प्रकाशित मिति:

सरकारले आर्थिक वर्ष २०७७/ ७८ का लागि ल्याएको बजेटप्रति कृषि तथा पशुपक्षी विकास मन्त्रालयले असन्तुष्टि जनाएको छ ।मन्त्रालयले आगामी वर्षको बजेट मन्त्रालयको प्रस्तावित योजनाअनुसार नआएको भन्दै असन्तुष्टि जनाएको हो ।

मन्त्रालयले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपक्षी बिमा र न्यूनतम् बचतको ग्यारेन्टीलगायतका योजना अघि सारेको थियो ।

मन्त्रालयबाट प्रस्ताव गरेको कार्यक्रम बजेटमा समावेश भएपनि मन्त्रालयको अवधारणाअनुसार नआएको मन्त्रालयका उपसचिव डा। गंगा आचार्यले बताए ।

कृषि मन्त्रालयले कृषिजन्य उपजको उत्पादन वृद्धि गर्ने नारासहित पाँचओटा नीतिगत आधार तयार गरेपनि ती आधारलाई प्रस्टिने गरी बजेट नआएका कारण भ्रम सिर्जना भएको आचार्यले बताए ।

उनले बजेटमा आएको विभिन्न कार्यक्रम निराशाजनक नभएपनि मन्त्रालयको योजनाअनुसार भने नआएको बताए ।सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा कृषि बिमा गर्ने, एक स्थानीय तह एक उत्पादन, सिँचाइ, मल, बीउ, पुँजी प्रविधि तथा बजार सुनिश्चितता कार्यक्रम अघि सारेको छ ।

यस्तै, रासायनिक मलको पर्याप्त आपूर्ति, खाद्य भन्डारण केन्द्र स्थापना, सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिक तथा किसानलाई ऋणमा सहजीकरण गर्न किसान क्रेडिट कार्डको व्यवस्था गरेको छ ।

सम्बन्धित् समाचार