पछिल्लो अद्यावधिक विवरण अनुसार देशमै सबै भन्दा धेरै संक्रमित भेटिएको कपिलवस्तुमा करिब २०५५ जनाको स्वाब रिपोर्ट आउन बाकी रहेको छ ।
जिल्लाका विभिन्न नगरपालिका , गाउँपालिका एवम् तौलिहवा अस्पतालमा संकलन गरिएका स्वाबहरूको रिपोर्ट आउन बाकी रहेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार:
हाल सम्म पाँच हजार ७२ जनाको स्वाब संकलन गरिएको छ जसमा दुई हजार ७ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ साथै २ हजार ५५ जनाको स्वाब रिपोर्ट आउन बाकी रहेको छ ।