कपिलवस्तु , जेठ, १८
कपिलवस्तु जिल्लाका थप ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । उनीहरु कोरोना विषेश अस्पताल बुटवलमा (धागो कारखाना)उपचाररत थिए ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार उनीहरू
बुद्धभुमी नगरपालिकाका १ जना र यशोधरा गाउँपालिकाका २ जना रहेका छन् ।
यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १८ पुगेको छ ।