
कपिलवस्तुको तरकारि अर्घाखाँचीको सदरमुकामको डम्पिङ साइडमा लगेर नष्ट गरेपछि प्रमुख जिल्ला अधिकारिले प्रहरि संग स्पष्टीकरण मागेका छन् ।
कपिलवस्तुको हरियो तरकारि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलिले मनोमानि रुपमा नष्ट गरेपछि प्र.जि.अ.ले स्पष्टीकरण मागेका हुन् ।
कपिलवस्तु जिल्लाको बुद्धभूमीबाट अर्घाखाँची आएको तरकारी फिर्ता गर्न आफूले नै भनेको भएता पनि तरकारी फ्याक्न नभनेको अर्घाखाचीका सिडिओ बिजयराज पौडेलले बताएका छन् ।
यद्यपि प्रहरिले आफु खुसि गरेकाले तत्काल स्पष्टीकरण मागिएको उनले वैखरी अनलाइनलाई बताए । सर्वदलिय निर्णय अनुसार जिल्लामा बाहिरबाट तरकारी आयात बन्द गर्ने निर्णय भए अनुसार नै आफूले तरकारी फिर्ता गर्न निर्देशनन दिएको उनको भनाई छ ।









