गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगा १० मा आगलागि घरगोठ जलेर पुर्ण रुपमा नष्ट

कपिलवस्तुको बाणगंगा १० मा आगलागि घरगोठ जलेर पुर्ण रुपमा नष्ट

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. १० मा आईतवार भएको आगालागिका कारण लाखैको क्षति भएको छ ।

बाणगंगा १० पटना बिरपुरमा रहेको अर्जुन प्रसाद चौधरीको घरमा आगालागि भएको हो । खाना पकाउने ग्यास चुलोमा सर्टभएर आगलागी भएको चौधरीले बताएका छन् ।

आगलागीले चैधरीको घरगोठ खाद्यान्न, लत्ताकपडा, गरगहना, महत्त्वपूर्ण कागजात जलि पुर्ण नष्ट भएको बताईएको छ । आगालागिका कारण कुनै मानविय क्षेति भएको छैन । आगलागी करिब ३ बजे भएको हो ।स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

सम्बन्धित् समाचार