भारतका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । उहाँको आइतबार राति निधन गएको परिवारलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उहाँको कोरोना सङ्क्रमणका कारण निधन भएको हुनसक्ने शंका गरिए पनि पुष्टि भइनसकेको खबरमा उल्लेख छ । उहाँको पोहोर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । वाजिद र साजिद खान मिलेर साजिद वाजिदको नाममा भारतका सयौँ चलचित्रमा संगीत दिएका छन् । वाजिदले टेलिभिजनका केही रियालिटी शोहरुमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।