कपिलवस्तु , बुद्धभूमि /
कपिलवस्तुमा कोभिड १९ थप ४० जना पोजेटिभ पुष्टि भएको छ । जसमध्ये १० संक्रमित बुद्धभूमि नगरपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुद्धभूमि नगरपालिका वाड न ८ का बर्ष १९,२०,२६,२७,२७,३२,३५,३८ का पुरुष ८ जना र वाड न १० का बर्ष २७,४६ का पुरुष २ जना गरी कुल १० संक्रमित पुष्टि भएका हुन् ।
१० कोरोना संक्रमित थपिएसँगै बुद्धभूमि नगरपालिकामा जम्मा संक्रमित संख्या १८ पुगेको छ । साथै जिल्लामा जम्मा संक्रमित संख्या ३१० पुगेको छ ।