गृहपृष्ठ Featured बाणगंगा ११ का पहिला संक्रमितका २ महिला आफन्तलाई कोरोना पोजेटिभ

बाणगंगा ११ का पहिला संक्रमितका २ महिला आफन्तलाई कोरोना पोजेटिभ

कपिलवस्तु , बाणगंगा /
कपिलवस्तुमा कोभिड १९ थप ४० जना पोजेटिभ पुष्टि भएको छ । जसमध्ये २ जना संक्रमित बाणगंगा नगरपालिका वडा नम्बर ११ का रहेका छन् । नयाँ संक्रमित वाड न ११ का बर्ष ३८,३१ महिला २ जना महिला रहेका छन् । केही समय अगाडि बाणगंगा ११ का १ व्यक्तिमा कोरोना संक्रमण देखिए पछि उनका आफन्तको स्वाब संकलन गरिएको थियो । आज बाणगंगामा कोरोना पुष्टि भएका २ महिला बाणगंगा ११ का पहिला संक्रमितका आफन्त रहेको कुरा बाणगंगा ११ का वडाध्यक्ष सोमनाथ अर्यालले वैखरी अनलाइनलाई जानकारी दिए ।

२ कोरोना संक्रमित थपिएसँगै बाणगंगा नगरपालिकामा जम्मा संक्रमित संख्या १४ पुगेको छ । साथै जिल्लामा जम्मा संक्रमित संख्या ३१० पुगेको छ ।

सम्बन्धित् समाचार